बिहिबार, बैशाख २०, २०८१

गुठी संस्थानका सहायक प्रशासकसहित ६ जना जग्गा माफिया पक्राउ

काठमाडौ श्रावण २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गालाई रैकरमा परिणत गरी झुट्ठा विवरणको पत्राचार गरेको akither ko logoअभियोगमा गुठी संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासकसहित छ जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासक मेघराज सापकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टराई, दर्ता निर्णय गर्ने मालपोत कार्यालय डिल्लीबजारका शाखा अधिकृत सीताराम पोखरेललगायत छ जना रहेका छन् ।

यस्तै काठमाडौँ जिल्ला सरस्वती गाविस वडा नं ६ को चार रोपनी चार आना गुठीको जग्गा रैकरमा परिणत गरी व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा सङ्लग्न देखिएका कवीन्द्र महर्जन, रवीन्द्र महर्जन र सुरेन्द्रराज जोशीलाई पनि पक्राउ गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा जनाउँदै प्रस्तुत कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका नासु गणेशबहादुर भट्ट फरार रहेकाले खोजी जारी रहेको उल्लेख रहेको छ ।