काठमाडौँ श्रावण ९, प्रेस काउन्सिल नेपालले दिलशोभा प्रकरणमा नागरिक दैनिकलाई कारबाही स्वरुप पत्रपत्रिका वितरण सम्परीक्षणमा पाँच अङ्क घटाउने निर्णय गरेको छ । केहि समय अगाडि नागरिक दैनिकमा आमा घरका सञ्चालिका दिलशोभा विरुद्धको समाचार प्रकाशित गर्दा समाचारमा हुनुपर्ने तथ्यपरकता, सन्तुलन, विश्वसनीयता र निष्पक्षताप्रति आवश्यक मात्रामा गम्भीर नदेखिएको, एकपक्षीय अडियोलाई मात्र आधार बनाएर महिलामाथि यौन दुराचारको गम्भीर आरोप सहित समाचार प्रकाशन गरेको र यसरी समाचार प्रकशन गर्दा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता पालना नगरेको ठहर गर्दै यस्तो निर्णय गरेको प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काउन्सिलले दिलशोभा प्रकरणमा राय सुझाव पेस गर्न सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा एक गठित कार्यदलको प्रतिवेदन अनुरुप यस्तो निर्णय भएको अध्यक्ष वोर्णबहादुर कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।