बिहिबार, बैशाख १३, २०८१

चौतर्फी विरोधका वावजुद पनि ससदमा अदालतको अपहेलनासम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं श्रावण ११, व्यवस्थापिका–संसद्को आजको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले चौतर्फी विरोध भएको विरोध images (2)भएको अदालतको अपहेलनासम्बन्धी विधेयक पेस गर्नुभएको छ ।

मन्त्री आचार्यले उक्त विद्येयक बैठकमा प्रस्तुत गर्दै गर्दा नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्लेले प्रस्तुत विद्ययेक प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने, अदालत र जनताबीच अविश्वासको वातावरण सिर्जना गर्ने, न्यायाधीशको स्वेच्छाचारिता बढ्ने र अदालतका कर्मचारी समेतमा अहमभावना सिर्जना गर्ने आरोप लगाउँदै विरोधको सूचना पेस गर्नुभए पनि उक्त विरोधको सूचनालाई बहुमतले अस्वीकार गरिए पछि सदनमा सो विधेयक प्रस्तुत गरिएको थियो ।

त्यस्तै मन्त्री आचार्यले विद्ययेक प्रस्तुतिको क्रममा प्रेस स्वतन्त्रताका व्यवस्थापिकाको कामकारबाहीका हेर्ने निकाय अदालत नै भएकाले अदालतप्रति आशङ्का नभएको भन्दै विधेयकले न्यायाधीशलाई स्वेच्छाचारी बनाउने नभई नियमित र व्यवस्थित बनाउने कामगर्ने दावी सहित विधेयकमा आवश्यकता अनुरुप रायसुझाव सहित छलफल र परिमार्जन गर्न सकिने बताउँनु भएको थियो । साथै मन्त्री आचर्यले आजको बैठकम लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७१ र नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०७१ पनि पेस गर्नुभएको थियो ।