शनिबार, बैशाख ८, २०८१

फोटो अफ द इयर फोटोग्राफी’ पुरस्कार पत्रकार गजमेरलाई

काठमाडौं श्रावण ७,  फोटो जर्नालिस्ट क्लबद्दारा आयोजित फोटो प्रतियोगितामा बाँकेमा आफ्नै पति र सासुबाट आगो लगाइएकी १९ वर्षीया रिहाना शेख ढपालीको फोटो अर्थाथ यस वर्षको ‘फोटो अफ द इयर फोटोग्राफी’ पुरस्कारबाट  नागरिक दैनिकमा कार्यरत पत्रकार विजय गजमेर लाइ पुरस्कृत गरिएको छ । आज साँझ राजधानीम क्लव द्दारा आयोजित एक कार्यक्रमका वीच सञ्चारमन्त्री डा .मीनेन्द्र रिजालले १ लाख राशी पुरस्कार फोटो पत्रकार गजमेरलाई प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा अन्य विभिन्न ७ विधामा क्रमस नेपाल स्माइल’मा फोटोग्राफर दिपेश श्रेष्ठ, ‘फोटो स्टुडियो’मा विजय गजमेर पुरस्कार नेचर अफ वाइल्ड लाइफ’मा विकास द्धारे, ‘न्यूज स्टोरी’मा किरण पाण्डे, खेलकुदमा मनोज पौडेल, ‘डेली लाइफ’मा शैलेन्द्र खरेल र ‘कल्चर एण्ड टुरिज्म’मा नरेशजंग राईलाई पुरस्कृत गरिएको छ । प्रस्तुत विधाका फोटामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

 प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए । प्रतियोगिताका लगि यस  वर्ष  ६ हजार ५ सय ४९ फोटो प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो  भने यसरी प्राप्त फोटोहरुको छनौट बेलायतका वरिष्ठ फोटो पत्रकार जर्ज जर्जिउको उपस्थितिमा  मणि लामा, जिवेन्द्र सिम्खडा र सुजन चित्रकार सदस्य रहेको निर्णायक समितिले विभिन्न विधाका उत्कृष्ठ फोटोको छनोट गरेको थियो ।  कार्यक्रममा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, आरजे स्पोर्टस्का कार्यकारी निर्देशक जनक न्यौपाने, नेपालका लागि बेलायतका राजदूत एन्ड्रू जेम्स स्पाक्र्स, अन्तर्राष्ट्रिय मार्केटिङका अध्यक्ष दीपक मलहोत्रा, फोटो पत्रकार क्लबका अध्यक्ष प्रकाश माथेमा र महासचिव विकास कार्की लगायतले  कार्यक्रमको आवश्यकता महत्वमाथि प्रकास पार्नु भएको थियो ।   निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने र काठमाडौंमा बुधबारबाट नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शनी सुरु भइसकेको क्लवले जनाएको छ । photo : Up