काठमाडौँ आषाढ २४, सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत रकम बढाउने घोषणाको तत्काल कार्यान्वयन एवम समानुपातिक विज्ञापन नीतिलाई लागू र अदालतको अवहेलना विद्येयक फिर्ताको माग गर्दै चरणवद्ध आन्दोलनमा होमीएका नेपाल पत्रकार महासङघ अन्र्तगत उपत्यकाका तिनैै वटा शाखा क्रमस काठमाडौं ,भक्तपुर ललितपुरद्दारा गठित संयुक्त संघर्ष समितिको आहृवान सोमवारदेखि सुरु भएको रिले अनसन आज पनि जारी रहेको छ ।
त्यस्तै आज अनसन स्थल सञ्चारग्राम पुगेर एमाओवादीका नेता दिनानाथ शर्माले पत्रकारहरुको माग प्रति पार्टीको तर्फबाट एैकेवद्धता जनाउनु भएको पत्रकार महासङघ काठमाडौँका उपाध्यक्ष श्रीजन झाले जानकारी दिनु भएको छ ।