मङ्लबार, बैशाख ४, २०८१

पत्रकारहरूको अनसन स्थलमा एमाओवादीका नेता डा.भट्टराई

काठमाडौं आषाढ २७, आव ०७०/ ०७१ को बजेट वक्तव्यमानै तत्कालीन रेग्मी सरकारले व्यवस्थागरी वद्धि गरेको लोककल्याणकारी विज्ञापनको २५ प्रतिशत रकम, 10470881_10203186622018107_696944133831410423_nसमानुपातिक विज्ञापन,श्रमजीवी ऐनको कार्यान्यवन लगायतका माग राख्दै विगत दुइ सातायता देखि चरणवद्ध आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासङघ अन्र्तगत काठमाडौं उपत्यका का तिनै वटा शाखाद्धारा  समन्वयमा सुरु गरिएको रिले अनसन आज पनि जारी रहेको छ ।

राजधानीको तिलगङगा स्थित सूचना विभागको मूल गेटमा गत २३ गते देखि सुरु भएको उक्त रिले अनसनमा दैनिक ४० देखि ५० जना पत्रकार एवम विभिन्न सङघसंस्थाका प्रतिनिधीहरु ऐकेवद्धताका लागि आउँने गरेको जानकारी दिदै काठमाडौं शाखाका उपाध्यक्ष श्रीजन झाले अनशनरत पत्रकारको आन्दोलनमा आज अपरान्ह एनेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले ऐक्यवद्धता जनाउनुभएको जानकारी दिनु भएको छ ।  नेता भट्टराई आज पत्रकारको माग प्रति ऐकेवद्धताका प्रकट गदै मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँनु भएको बुझिएको छ ।

photo : KhilBahadur Bhandari