शुक्रबार, बैशाख २१, २०८१

गागलफेदी गाविसका सचिव अर्याल घुस लिँदालिँदैको अवस्थामा पक्राउ

काठमाडौँ आषाढ ६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा काठमाडौँ गागलफेदी गाविसका सचिव तेजराज अर्याललाई अनामनगरबाट पक्राउ गरेको छ ।

 logoआयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भए अनुसार बनेपा नगरपालिकाका एक सेवाग्राहीसँग सम्पत्ति मूल्याङ्कन गराएवापत तिर्नुपर्ने राजस्व नतिरी कागजात मिलाइदिए बापट रु १५ हजार नजराना लिदै गरेको अवस्थामा राजधानीको अनामनगरस्थित शिखर फुडल्यान्डबाट गाविसको लेटरप्याड, छाप सहित सचिव अर्याललाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका सचिव अर्याललाई हिरासतमा लिइ थप अनुसन्धान भइरहेको छ । अर्याललाई आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम पदबाट निलम्बन गर्न काठमाडौँका स्थानीय विकास अधिकारीलाई निर्देशन दिइसकेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।