बिहिबार, बैशाख २०, २०८१

विवादित विषयमा सहमति जुटाउन वार्ता उपसमिति छलफलमा

anandकाठमाडौं ज्येष्ठ  २८,मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायत दुई सयभन्दा बढि राजनीतिक दल र समूहसँग छलफल गर्ने जिम्मा पाएको संविधानका विवादित विषयमा सहमति जुटाउनको लागि गठित वार्ता उपसमितिले आज बिभिन्न सानादलहरुसँग छलफल गर्दैछ ।

राज्यवस्था समितिको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि जारी वार्तामा जनमोर्चा लगायतका साना दलसँग छलफल भइरहेको बुझिएको छ । अरु साना दलसँग दिउँसो तीन बजेपछि वार्ता हुने उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।