बिहिबार, बैशाख २०, २०८१

अनुमोदित आठै न्यायाधीशहरु सपथग्रहण लगत्तै इजलासमा

काठमाडौँ ज्येष्ठ १३ , संसदीय सुनुवाइ विशेष समितिले सोमवार निर्वाचन प्रक्रियाबाट अनुमोदन गरेका आठै न्यायाधीशहरुलाइ म्ङलवार बिहान cotप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले न्यायाधीशहरुलाई शपथ गराउभएको छ । यसरी सपथ लिनुहुने न्यायाधीशहरुमा क्रमस वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा हुँनुहन्छ ।

पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रधानन्यायाधीहरुले तोकिएको इजलासमा आजैदेखि मुद्दा हेर्न सुरु गर्नुभएको छ । ८ न्यायाधीश थपिएपछि सर्वोच्च अदालतमा हाल स्थायी न्यायाधीशको सङ्ख्या १३ पुगेको छ । दुई स्थायी न्यायाधीशको दरबन्दी अझै खाली रहेको सर्वोच्च स्रोतले जनाएको छ ।