मङ्लबार, बैशाख २५, २०८१

कामपा १९ र २३ का जेष्ठ नागरिकहरु सम्मानित

काठमाडौँ ज्येष्ठ १,  काठमाडौँ महानगरपालिका वडा नं। २३ का १२ जना वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्ग भएका व्यक्तिलाई गत मंगलवार एक कार्यक्रमका वीच वडा कार्यालयमा ज्येष्ठ नगरिक सम्मानबाट सम्मान गरिएको छ । काठमाडौँ क्षेत्र नं. ८ का सभासद् एवम काँग्रेस केन्द्रीय सदस्य 10269584_10200765599541475_663635763809955166_nनवीन्द्रराज जोशी र अर्का सभासद् अष्टलक्ष्मी शाक्यले संयुक्तरुपमा उहाँहरूलाई टीका, खादा तथा फूलमाला लगाएर सम्मान गर्नुभएको थियो । सम्मनित हुने ज्येष्ठ नागरिकहरूलाई महानगरपालिकाको तर्फबाट प्रतिव्यक्ति रु १० हजार र पूर्ण अपाङ्गलाई रु तीन हजार नगद प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा क्रमस ९६ वर्षीया अष्टमाया शाक्य, ९४ वर्षका ज्ञानीमाया महर्जन र सानुचौथीनारायण मानन्धर, ९२ वर्षका इन्द्रमाया श्रेष्ठ, रत्नमाया शाक्य र तीर्थबहादुर शाक्य, ९१ वर्षीया अष्टमाया शाक्य र जगतमाया मानन्धर, ९० वर्षीय मचाभाई महर्जन र नानीमैजु शाक्य तथा पूर्ण अपाङ भएका विकास सुवाल हुनुहुन्छ ।
यस्तै गरि गत सोमवार कामपा वडा न। १९ समितिके अयोजनामा सम्पन्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका १३ जना ज्येष्ठ नागरिक एवम् ३ जना अपाङ्ग भएका स्थानीयहरुलाई सभासद जोशीले जनही रु १० हजार र पूर्ण अपाङ्गलाई रु तीन हजार नगद सहित सम्मान गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930