शनिबार, बैशाख ८, २०८१

काठमाडौं महानगरपालिकामा नयाँ कार्यकारी

नव नियुक्त प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठ र निवर्तमान प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्याल

काठमाडौं बैशाख २९, काठमाडौं महानगरपालिकाले विहीबार एक कार्यक्रम आयोजना गरी नव नियुक्त प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठलाई स्वागतसँगै निवर्तमान प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्याललाई विदाई गरेको छ । निवर्तमान कार्यकारी अधिकृत अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा हुनु भएको छ भने धनबहादुर श्रेष्ठ यस अधि श्रम तथा रोजगार मन्त्रालयमा हुनुहन्थ्यो । स्वागत तथा विदाइ कार्यक्रममा बोल्दै निवर्तमान प्रमुख तथा कार्यकारी अधिकृत अर्यालले महानगरको राजस्व बृद्धि, सहरी सुन्दरता अभिवृद्धि गर्न होर्डिङ् बोर्ड हटाउने निर्णय तथा पार्किङ् व्यवस्थापनलाई आफ्नो ११ महिना १९ दिने कार्यकालको उपलब्धीका रुपमा लिनुभयो भने वर्तमान कार्यकारी अधिकृत श्रेष्ठले ती कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको बुझिएको छ। फोटो: C.M Bhattarai