शुक्रबार, बैशाख २१, २०८१

उपप्रधानमन्त्री सिंह अमेरिका प्रस्थान

काठमाडौं बैशख ३०, नेपाल सरकारका उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको Prakash-Man-Singh_20130518095406आदिवासी मामिलासम्बन्धी तेह्रौँ सभामा भाग लिन सोमवार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ ।

सम्मेलनमा बुधवार उपप्रधानमन्त्री सिंहले नेपालको तर्फबाट आफ्नो धारणा राख्नुहुने कार्यक्रम रहेको उहाँका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिएका छन । सहयोगी लामिछानेका अनुसार उपप्रधानमन्त्री सिंह अमेरिकास्थित नेपाली काँग्रेस जनसम्पर्क समितिको आयोजनामा हुने स्वागत कार्यक्रम र त्यहाँस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा समेत सहभागी हुने बुझिएको छ