मङ्लबार, बैशाख २५, २०८१

पत्रकार महासङ्घ काभ्रेमा सापकोटा

काठमाडौँ वैशाख १६, गत फागुन २२ गतेका लागि मिति तय गरिए पनि सदस्यता विवादका कारण उल्झनमा रहेको नेपाल पत्रकार महासङ्घ काभ्रेको नवौँ अधिवेशन लामो समय पछि शनिवार सम्पन्न भएको छ ।  सम्पन्न जिल्ला शाखाको निर्वाचनमा प्रेस युनियन नेतृत्वका नारायण fng logo 1सापकोटाले ४८ मत प्राप्त गरी प्रगतिशील समूहका मधुसूदन गुरागाईं लाई एक मतले पछाडी पार्दै पराजित गरेको प्राप्त समाचारमा जनाएको छ।

त्यस्तै अधिवेशनमा प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघको सयुक्त प्यानललाई पराजित गर्दै पदाधिकारीसहित केन्द्रीय प्रतिनिधीमा समेत प्रेस युनियनका बहुसंख्यक सदस्य निर्वार्चित भएको समाचारमा जनाइएको छ। । त्यसैगरी उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा युनियनकै रमा दाहाल, बद्रीराज तिमल्सिना, उजाड रत्तिम, कपिल कोइराला, नगेन्द्र अधिकारी, उषा मानन्धर, रामचन्द्र रम्तेल, र श्रीकृष्ण बादे र  संयुक्त प्यानलका तर्फबाट सदस्यमा केदार तिमल्सिना, केशवराज पौडेल र जिवन खड्गी निर्वाचित भएको समाचारमा उल्लेख गरिएको छ ।

साथै शाखाकाबाट विजयी भएकाहरुका पार्षदहरुमा क्रमस युनियनका भीम गौतम, शिव दाहाल, भोला थापा, महेश पौडेल, खग्रेन्द्र भण्डारी, इश्वरी ओझा र दीपेन्द्र लामा रहेका छन् । त्यसैगरी संयुक्त प्यानलबाट प्रल्लाद शर्मा हुमागाईं, फुलमान वल, नवराज बजगाईं, रामशरण बजगाईं, इश्वरीराजकुमार मैनाली, राजकुमार पराजुली र भुवन भोछिभोया रहेको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031