काठमाडौं फागुन २४, मलेसियन एअरलाइन्सको ७७७–२०० विमान क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङ जाने क्रममा सम्पर्कविहिन भएको अन्ताष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विमानमा चालकदलका १२ सदस्यसहित दुईसय ३९ जना यात्रु थिए । क्वालालम्पुरबाट उडेको दुई घन्टापछि बिमान सम्पर्कविहिन भएको थियो । बीबीसीका अनुसार उक्त विमानमा चालक दल र यात्रु गरेर २३९ जना सवार छन । । स्थानीय १२ बजेर ४१ मिनेटमा उडन भरेको विमान विहान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नुपर्ने थियो । तर करिब २:४० बजेदेखि सम्पर्क विच्छेद भएको बोइङ ट्रिपल सेभेनमा २२७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।
विमान कहाँ र कुन हालतमा छ भन्ने प्रष्ट भएको छैन । मलेशियन अधिकारीहरुले जहाजको खोजी भैरहेको जनाएका छन् । विमानमा विभिन्न १३ देशका नागरिक रहेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विमान भियतनामको आकाशमाथि पुगेपछि हराएको आशंका गरिएको छ । विमानमा १६० जना चिनियाँ नागरिक रहेको सिन्ह्वाको भनाइ छ ।