आइतवार, बैशाख २३, २०८१

ग्याल्पो ल्होसार एवम् नयाँ वर्ष २१४१ को अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिद्दारा शुभकामना व्यक्त

 काठमाडौँ फागुन १८,घ्याल्पो ल्होसार एवम् शेर्पा जातिको नयाँ वर्ष २१४१ का अवसरमा राष्ट्रपति डा रामवरण यादवले ग्याल्पो ल्होसारले सबै नेपालीबीच rby parmanadha jhaसहिष्णुता, समझदारी र बन्धुत्वको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायप्रति शुभकामना गर्नुभएको छ ।साथै उहाँले ग्याल्पो ल्होसार पर्वले देशका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शेर्पा जातिको महान् पर्व ग्याल्पोे ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै संविधानसभामार्फत जनचाहनाअनुसारको लोकतान्त्रिक संविधान निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । उहाँले यस अवसरले सबै नेपालीलाई एकताबद्ध गर्दै शान्ति र समृद्धिकोे बाटोमा दृढतापूर्वक अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।