शनिबार, बैशाख २२, २०८१

काँग्रेस सभासद् छनोटका लागि मापदण्ड तयार, सोमवार काँग्रेसले निर्वाचित सभासद्को सूची आयोगमा बुझाउँने

 काठमाडौँ पौष १३, नेपाली काँग्रेसको संसदीय बोर्डको आज बसेको बैठकले ले समानुपातिकतर्फका सभासद् छनोटको मापदण्ड तयार पारेको छ ।   पार्टी केन्द्रीय कार्यालय ncसानेपामा आज बसेको संसदीय बोर्डले पार्टीमा निरन्तर क्रियाशील, विभिन्न आन्दोलनमा त्यागतपस्या गरेका र पार्टीलाई जस्तोसुकै सङ्कटको घडीमा पनि सहयोग गरेकाहरूलाई पहिलो प्राथमिकतामा राखिएको बताईएको छ । यसैगरी आज तय गरिएको मापदण्डमा क्षेत्रीय सन्तुलन, महिला अल्पसङ्ख्यक क्षेत्रको पनि उचित प्रतिनिधित्व गराउने निति काँग्रेसले अख्तियार गरेको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए।