शनिबार, बैशाख २९, २०८१

थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन आयोगलाइ प्रधानमन्त्रीको निर्देशन

काठमाडौ चैत १३,
प्रधानमन्त्री दाहालले योजना आयोगका नवनियुक्त सदस्यहरूलाई सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

त्यस्तै प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको भन्दै यस्तो निर्देशन दिनुभएको हो ।

त्यस्तै उहाँले तथ्यमा आधारित नीति निर्माणमा आयोगले ध्यान दिन आवश्यक रहेको भन्दै आयोगको सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउन आवश्यक रहेको भन्दै “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्‍याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

साथै उहाँले आयोगको नयाँ टिमले आफ्नो काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउँदै योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्ने विस्वास समेत व्यक्त गर्दै सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न समेत निर्देशन दिनुभयो ।

  थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन आयोगलाइ प्रधानमन्त्रीको निर्देशन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829