बुधबार, जेष्ठ २, २०८१

विराटनगरमा इस्कोन नेपालको भक्तिउत्सव कार्यक्रम

 काठमाडौँ माघ १८,
नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ [इस्कोन] ले विराटनगरमा भक्ति उत्सव कार्यक्रमको आयोजना गरेको छ।  भक्ति उत्सवको शुभारम्भ सत्रमा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले उक्त कार्यक्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको

त्यस्तै इस्कोन नेपालका अध्यक्ष श्रद्धय परमेश्वर अच्युत दासले, आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रतक्ष्य सकारात्मक प्रभाव पर्ने बताउनुभएको उक्त कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुराना विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै ईमपावरिङ दि युथ अर्थात् युवा सशक्तिकरण विषयक प्रस्तु कार्यक्रममा मोरङ जिल्लाका नेपाल प्रहरीका डिएसपी राजन दाहाल, मोरङका जिल्ला समन्वय समितिका अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

माघ १८ देखि २१ गते सम्म चल्ने उक्त कार्यक्रममा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम संकिर्तनका र झाँकीको प्रस्तुतिसंगै  कार्यक्रममा  नेपालका विभिन्न शाखाहरूबाट करिब ६सय जनाको सहभागीता रहेको इस्कोनले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031