सोमवार, बैशाख १७, २०८१

चन्दन भराटेश्वर महादेव मन्दिर जिर्णोद्धारसंगै मन्दिर परिसर पुनर्निर्माण हुने

मन्दिर जिर्णोघ्दार तथा बृहत गुरू योजना कार्यान्वयनको लागि नेपाल सरकार,भारतीय सरकार र चन्द्रागिरि नगरपालिकावीच आज त्रिपक्षीय सम्झौता

काठमाडौँ माघ १८,
चन्द्रागिरि नगरपालिका वडा नं .६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिर जिर्णोद्धारसंगै सो क्षेत्रमा बृहत गुरू योजना सहित मन्दिर परिसर पुनर्निर्माण हुने भएको छ।

स्वस्थानी व्रतकथामा वर्णित नेपालीहरुको आराध्यदेव भगवान शिवको ६४ पिठहरु मध्ये ५० औं पिठको रुपमा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर जिर्णोघ्दार तथा बृहत गुरू योजना कार्यान्वयनको लागि नेपाल सरकार,भारतीय सरकार र चन्द्रागिरि नगरपालिकावीच आज त्रिपक्षीय सम्झौता भएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घाश्याम गिरीले जानकारी दिनुभयो ।

त्यस्ते उहाँले सम्झौता मुताविक भारतीय राजदुताबास मार्फत प्राप्त हुने रूपांच करोडमा नपु रकम र थप रकम चन्द्रागिरि नगरपालिकाले ब्यहोर्ने जानकारीदिदै प्रस्तुत प्रस्तावना कायाृनवयनको लागि साथ र सहयोग गर्नुहुने सबै जनमा हार्दिक आभार व्यक्त गर्दै निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न सबै नगरवासीहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो।

चन्दन भराटेश्वर महादेव मन्दिर जिर्णोद्धारसंगै मन्दिर परिसर पुनर्निर्माण हुने