मङ्लबार, बैशाख २५, २०८१

वातावरणमैत्री भौतिक विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं जेठ २२,
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्‌वानमा सन १९७३ देखि प्रत्येक वर्षका् जुन ५ तारिखमा मनाइने गरिएको विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा मनाइदै गरेको दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्ने जनाएका छन् ।

त्यस्तै उहाँले आफ्नो सन्देशमा मानव जातिको महत्त्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौती बनेको उल्लेख गर्दै वातावरणमैत्री भौतिक विकास आजको आवश्यकता रहेको बताउनुभएकोछ ।

दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ । यद्यपी विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लास्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको पनि सन्देशमा भनिएको छ ।

 साथै विश्वमा भइरहेको वातावरण विनाशका लागि हाम्रो योगदान नगन्य भए पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको बताउनुभएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031