बुधबार, अशोज १७, २०८०

जिल्ला अदालत काठमाडौंमा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस हुने

काठमाडौं जेठ २२,
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुनेछ । आइतबारबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयको तर्फबाट भएको थुनछेक बहससंगै प्रस्तुत प्रकरणमा पक्राउपरेका अभियुक्तविरुद्ध अनुसन्धानको क्रममा प्राप्त प्रमाण पेस गरेका थिए ।

सरकारी वकलिको थुनछेक बहसपछि आरोपीहरुको तर्फबाट बहस हुने र योक्रम जेठ ३१ गतेसम्म जारी रहने जानकारी सहित त्यसपछि बहस र प्राप्त प्रमाणको आधारमा पक्राउ परेको अभियुक्तलाई पुर्पक्षमा पठाउने वा नपठाउने टुंगो लाग्ने अदालतले जनाएको छ ।

आइतबारको थुनछेक बहसको क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजीत राई लगायत पक्राउ परेका १८ जनानै काठमाडौं जिल्ला अदालतमा उपस्थित रहेको थिए ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031