बुधबार, बैशाख २६, २०८१

प्रम प्रचण्डको भारत भ्रमण , दुई प्रधानमन्त्रीबीच वन टु वन भेटवार्ता हुँदै

काठमाडौं जेठ १८ ,
छिमेकी मुलुक भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनगढ, राष्ट्रपति द्रौपती मुर्मूलगायतसँग महत्त्वपूर्ण भेटवार्ता गर्दै छन् ।

प्रम प्रचण्डले आज विहान राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रमसंगै ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय समकक्षी मोदीसँग भेट्ने कार्य तालिका रहेको छ ।  यसवीचमा दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुने बताइएकोछ ।

 त्यसलगत्तै प्रतिनिधिमण्डलको बैठक र सम्झौता आदानप्रदानको कार्यक्रमसंगै दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  नेपालले भारतसँग केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाको छलपल संगै दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु गर्ने भएका छन ।

त्यस्तै  प्रधानमन्त्री दाहालले आजै दिउँसो ४ बजे भारतका उपराष्ट्रपति धनगढ र साढे ४ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ भने त्यसपछि साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

यसअघि  बुधवार  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाललाइ नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो भने त्यसपछि प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031