बुधबार, अशोज १७, २०८०

नेपाल र भारतबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं जेठ १८,
छिमेकी मुलुक भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज समकक्षी नरेन्द्र मोदी संग हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय समकक्षी मोदीसँग भएको वन टु वन भेटवार्ता र त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित भएको दुईपक्षीय छलफल पछि नेपाल र भारतबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संयुक्त पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको सहमति सवालमा दिइएको जानकारी अनुसार सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म अर्को पाइपलाइन बिच्छ्याइने सहमति नेपाल-भारत पारवहन सम्झौता नवीकरण, त्यस्तैगरि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी-दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनीले बनाउने र भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरीद सहमति भएको जानकारी दिइएकोछ ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा गोरखपुर–न्यु बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास र सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास पनि गरेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031