बुधबार, बैशाख २६, २०८१

विपन्न, असहाय तथा बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन

 काठमाडौं जेठ १८ ,
स्वास्थ्य मन्त्रालयले सम्पूर्ण सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई कुल शय्याको १० प्रतिशत छुट्याई विपन्न, असहाय तथा बेवारिसे बिरामीको निस्शुल्क उपचार गर्न निेर्दशन दिएकf छन ।

बुधवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत संग विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा छुट सुविधा दिएको विवरण नबुझाउने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएसंगै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० मा यो व्यवस्था भए पनि मन्त्रालय मातहतका निकायमार्फत नियमित तथा आकस्मिक अनुगमन गर्दा मापदण्डअनुरुप नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै अस्पतालमा पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम् पारिश्रमिकसमेत उपलब्ध नगराएको लगायत गुनासा आएकाले प्रचलित कानुनमा व्यवस्था भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा पालना गर्न समेत स्वास्थ्य स‌स्थाहरुलाई स्वास्थ्य मन्त्रालयले भनेको छ।