काठमाडौं जेठ ११,
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुििवरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका १६ र फरारको सूचीमा रहेका १४ सहित ३० जनाविरुद्ध अदालतमा अभियोजनपत्र दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको सिफरिसबमोजिमै अभियोग लगाएको छ । फरार १४ सहित ३० जना सबै आरोपीविरुद्ध संगठित, ठगी, राज्यविरुद्ध किर्ते र सबै अपराध मिलेर गरेकाले थप सजायका लागि एकीकृत कसुर पनि लगाइएको छ । त्यस्तै सबैको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागलाई लेखी पठाउने भएको छ । पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी , सचिव टेकनारायाण पाण्डे र हज समितिका अध्यक्ष समशेर मियाँलाई भ्रष्टाचारमा पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने भएकेछ ।
त्यस्तै अदालतमा दायर अभियोजनपत्र माथि शुक्रबारदेखि थुनछेकको बहस सुरु हुने र बहसपछि अदालतले पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउनेरनपठाउने तय गर्नेछ ।