शुक्रबार, चैत्र १६, २०८०

आज उपत्यकामा [कुमारषष्ठी] अर्थात सिथि नखः पर्व मनाइँदै

काठमाडौं जेठ ११,
आज ज्येष्ठ शुक्ल षष्ठी । आजको दिन काठमाडौ उपत्यकाका नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरि ‘सिथि नखः’ पर्व आज मनाइँदैछ ।

हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । मुलत यो पर्वलाइ पानीको मुहान सफा गर्ने पर्वको रुपमा प्राचिन समयदेखिनै स्वीकार गरि आएकोछ । यद्यपी पछिल्लो समय

त्यस्तै नेपाली समाजमा प्रचलनमा रहेका हरेक चाडपर्वको आफ्नै विशेषता छ । यिनै चाडपर्वले जातीय गौरव र राष्ट्रिय स्वाभिमानको समेत रक्षा गरेको पाइन्छ ।

कुमारषष्ठी पर्व कहिलेदेखि सुरु भयो र यसको विशेषताका सम्बन्धमा केही पौराणिक ग्रन्थमा ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको उल्लेख हुँनुको अलावा तिनै कार्तिकेय कुमारलाई नै नेवार समुदायले सिठी देवताको नामले पूजा गर्ने गरेको उल्लेख भएको पाइन्छ ।