मङ्लबार, बैशाख १८, २०८१

मदन-आश्रित स्मृति फुटसल प्रतियोगिताको आयोजना

काठमाडौं जेठ ३
नेकपा एकिकृत समाजवादी सम्वद्ध युवा संघ नेपालको पिपुल्स भोलेन्टियर्स’ले  ३० औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा मदन-आश्रित ‘नकआउट सेभेन ए साइड’ खुला  फुटसल प्रतियोगिताको आयोजना गरेका छन ।

प्रतियोगिता उद्घाटन गर्दै पूर्व प्रम तथा एकिकृत समाजबादी पार्टी माधव कुमार नेपालले नेपालको लोकतान्त्रिक आन्दोलनमा मदन भण्डारी सहित जिबराज आश्रितको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रवेश हमाल , युवा संघका उपाध्यक्ष नितेश पौडेल, पोलिटब्युरो सदस्य दिल कुमारी पन्त , अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा ७८ वटा टिमको सहभागिता  रहेको प्रतियोगिता ९ दिन सम्म चल्ने जानकारी सहित युवा संघका नेता समीप त्रिपाठीले प्रतियोगितामा पहिलो हुनेलाई ३ लाख र दोस्रो हुने लाई २ लाख र तेस्रो हुने लाई १ लाख राशीको पुरस्कार प्रदान गरिने बताए ।