बुधबार, जेष्ठ २, २०८१

रायमाझीलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 काठमाडौं जेठ १,
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

वैशाख २० गतेदेखि फरार रहेका उनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको १२औं दिनमा काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले आइतवार राती पक्राउ गरेको हो ।

पक्राउ परेसंगै आवश्यक अनुसन्धानका लागि रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको र निजउपर आवश्यक छानविनका लागि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु