मङ्लबार, बैशाख २५, २०८१

स्ववियु निर्वाचनको मौन अवधि सुरु, चैत ५ गते निर्वाचन

काठमाडौं चैत ३,
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि गएरातीदेखि मौन अवधि सुरु भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मौन अवधिको समयमा उम्मेदवारले प्रचार–प्रसार गर्न नपाउने बताए ।

त्यस्त्ै स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रस्तुत निर्वाचनको चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्देशनालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728