मङ्लबार, बैशाख २५, २०८१

आज मौन स्नान सहित सोमबारे औँसी मनाइदैँ

 काठमाडौँ फागुन ८,
सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने विस्वास सहित आज सोमबारे औँसी मनाइएकोछ।  धर्मशास्त्रमा वर्णित आख्यान अनुसार आजको दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने जनविस्वास रहिआएकोछ।

त्यस्तै माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्दै श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशीको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ रहेको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले सोमवारे औशीं वर्षमा दुईदेखि तीनपटकसम्म पर्ने गरेको बताउनुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031