बुधबार, बैशाख २६, २०८१

आचार्यका १२ वर्षीया र ६ वर्षीया छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने सासंद बस्नेतको घोषणा

साना किसानहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

काठमाडौ माघ १८,
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले केही दिनअघि संघीय संसद भवन अगाडि आत्मदाह गरेर ज्यान गुमाएका प्रेम आचार्यका १२ वर्षीया र ६ वर्षीया छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।
यस्तै मृतक प्रेम आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था गर्ने उद्घोष सहित मानवीय संवेदना भएका यस्ता विषयमा सहयोग गर्न सरकार चुकिरहेको बताएका छन्।

यसअघि पनि सासंद बस्नेतले मेलम्ची र हेलम्बुको पहिरोमा पीडित २ सय भन्दा बढी बालबालिकालाई प्लस टुको सहज शिक्षा आर्जनको मार्ग प्रस्तत गरिदिनुभएको छ ।
यसैवीच प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका संसद सदस्य गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्तिको माग गर्दै सयौंका संख्यामा साना किसानहरू आफ्नो समएया सहित कृषिमन्त्रालय धाइरहेको प्रसंगमा सरकार दिन्न भन्दैन, दिन्छु भन्छ दिँदैन भन्दै सरकारको गम्भीर ध्यानार्षण गराउँनुभएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031