बिहिबार, बैशाख १३, २०८१

अपाङ्गता भएको व्यक्तिलाई पासवीय व्यवहार गर्ने नगरप्रहरीलाइ दण्डित गर्न् महासंघको माग

काठमाडौं माघ २१,

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले काठमाडौं महानगरका नगर प्रहरीले महानगर वडा न २४ मखन तारणीबहाल बाट अपाङ्गता भएकै कारण ह्विलचियर प्रयोग गरि माक्स बिक्री गरि रहेका सडक व्यपारीलाई डिल्ली बहादुर कार्कीलाइ गत बुधवार धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनको स्वोरोजगार सम्बन्धी हक प्रयोग गर्दै आफ्नो रोजीरोटीका लागि सडकमा खुद्रा व्यापार गरी माक्स वेची रहेको अवस्थामा महानगरका नगरप्रहरीले मुलुकको संविधान र कानून विपरित एक अशक्त अपाङ्गता भएको व्यक्तिलाई बल प्रयोग गरी ह्विलचियर सहित उठाउने कार्यमा संग्लन नगरप्रहरीलाइ कारवाही गर्न महानगर नेतृत्वको ध्यानाकर्षण समेत गराएकोछ ।

त्यस्तै विज्ञप्तिमा अपाङ्गता भएका व्यक्तिको नैसर्गिक मर्यादाको सम्मान गरिनुपर्ने सिद्धान्तविपरीत नगरप्रहरीबाट ह्विलचेयर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको विषय मात्र नभई कानुनको घोर उल्लङ्घन भएको छ,” विज्ञप्तिमा भनिएको छ।

नेपाल समेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मान गरिनु पर्ने सिद्धान्त विपरित नगर प्रहरीहरुबाट ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको बिषय मात्र नभई कानूनको घोर उनलंगन भएको त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्छ भन्ने ठम्याई रहेको उल्लेख गरिएको छ।

साथै यस घटनामा संलग्न व्यक्तिलाई महननगर नेतृत्वले तत्काल कार्वाही नगरे अपाङ्गता भएका व्यक्तिको हिंसाको घटनालाई अन्तर्राष्ट्रिय करण गर्दै त्यस विरुद्ध कानूनी उपचारमा जान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाध्य हुने अध्यक्ष देविदत्त आचार्य र महासचिव सुगम भट्टराईले जारी संयुक्त विप्तिमा मार्फत जनाउ समेत दिएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031