मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा, निर्वाचनको कार्यतालिका प्रकाशित गर्न निर्देशन

काठमाडौं माघ १३,

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रिक्त उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभएको हो ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएयता राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त रहदै आएको थियो ।

 राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन समेत दिनुभएको छ ।