शुक्रबार, बैशाख १४, २०८१

उपप्रम लामिछानेको नागरिकता प्रकरणको सुनुवाइ सकियो ,फैसला आजै आउने सम्भावना

काठमाडौं माघ १३,
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणको सम्बन्धी दायर रिट निवेदनको सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइ सकिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकता प्रकरणको सुनुवाइ भएको हो ।

यद्यपी सुनवाइ सकिएपनि आदेश आजै आउने वा निर्णय अर्को दिन सुनाउने भन्ने तय भइनसकेको सर्वोच्च स्रोतले जनाएको छ । यसवीचमा सर्वोच्च परिसरमा प्रहरीको संख्या थपेर सुरक्षा सतर्कता बढाइएको छ ।