मङ्लबार, चैत्र १४, २०७९

एपोन र पिडानवीच ३ बुँदे सहमति

काठमाडौं माघ १३,
नेपाली औषधि उत्पादक कम्पनीको छाता संगठन एपोन र औषधिको थोक व्यवासायीहरुको छाता संगठन पिडानवीच ३ बुँदे सहमति भएको छ। मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने औषधिको उत्पादन र यसको प्रवद्र्धनलाइ थप प्रभावकारी बनाउँने लक्ष्यसंगै औषधिको बजारमा स्वस्थ्य प्रतिस्प्रर्धाको अवधारणा कार्यान्वयनका लागि यी दुइ संस्थावीच रणनैतिक सहमति बनेको हो ।

उत्पादक संघको तर्फबाट संघका अध्यक्ष प्रज्वलजंग पाण्डे र पिडानको तर्फबाट संघका अध्यक्ष शिवराज वास्कोटाले हस्ताक्षर गर्नु भएको सहमतिपत्रमा मुलत पछिल्लो समय उत्पादक संघका सदस्य उद्योगमा कार्यरत बजार प्रतिनिधिले आफु कार्यरत उद्योगको प्रवद्धन भन्दा पनि निजी स्वार्थ सहित उद्योगमा कार्यरत हुँदाहुँदै थप औषधिको थोक तथा खुद्रा व्यवसाय समेत सञ्चालन गर्ने प्रवृतिलाइ निरुत्साहित गर्ने लक्ष्य निर्धारण गरिएको छ।

औषधि बजार प्रतिनिधिको दोहरो भूमिकाका कारण औषधि बजारमा यो वा त्यो नामका अनकेन विकृति सिर्जना हुँदै आएको ठहर सहित सहमति पत्रमा दोहरो भूमिकामा रहेका प्रतिनिधिलाइ आफु आवद्ध उद्योगको बजारीकरण वा आफ्नै व्यवसाय मध्ये एकमात्र रोज्न आग्रह गर्दै दोहरो भूमिका निर्वाह गरे दुवैपक्षबाट कारवाही गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा औषधि उत्पादक संघ आवद्ध उद्योगी सदस्यले सम्वद्ध आधिकारिक थोक विक्रेताको अर्डर विना विल नगर्न र थोक विक्रताले पनि उद्योगकसंग गरेको सहमति अनुरुप निर्धारित समयसिमाभित्र भुक्तानी गर्ने सहमति समेत कायम गरेको छ ।  त्यस्तै दुइ संस्थावीच भएको सहमति कार्यन्वयन र यसको नियमनसंगै ३० दिनभित्र कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी सहित उत्पादक संघका उपाध्यक्ष महेश प्रधानको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

गठित कार्यदलको सदस्यमा उत्पादक संघको तर्फबाट क्रमस सन्तोष बराल, प्रभात रुङ्गटा र प्रकाश टिवेडेवाल सदस्य रहेका छन भने थोक विक्रेताको तर्फबाट  संघका महासचिव गणेश नेपाल, थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्य, थोक व्यवसायी संघ वागमतीका महासचिव कुमारजी पाण्डे सदस्य  तोकिएका छन । त्यस अवसरमा एपोनका महासचिव विप्लव अधिकारीको समेत उपस्थिती रहेको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031