शुक्रबार, चैत्र १६, २०८०

माओवादी केन्द्रको स्थायी समितिको बैठक : राष्ट्रपति सर्वस्वीकार्य योग्य व्यक्ति हुनुपर्नेमा जोड

काठमाडौं माघ १३,

नेकपा माओवादी केन्द्रको जारी स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले राष्ट्रपति सबैको स्वीकार योग्य व्यक्ति हुनुपर्नेमा जोड दिदै यसको लागि राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयनको पक्षमा जोड दिएको हो ।

बैठकपछि पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बैठकमा बोल्ने अधिकांशले राष्ट्रपति सर्व स्वीकार्य र योग्य व्यक्ति हुनुपर्नेमा अभिमत प्रकट गरेको जानकारीदिदै अभिव्यक्त भावना अनुसार सबै दलहरूसँग छलफल गर्ने बताउनुभयो ।

त्यस्तै आजको बैठकमा पार्टी एकतासम्बन्धी छलफलका क्रममा भएका विषयमाथिको प्रतिवेदन माथि छलफल शुरु भएको जानकारी सहित यस सम्बन्धी माघ १६ गते बिहान ११ बजे पुन बस्ने बैठकले नितिगत निर्णय गर्ने जानकारीदिनुभयो ।