मङ्लबार, बैशाख २५, २०८१

माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी हुँदै: प्रवक्ता मानन्धर

 काठमाडौँ माघ ६,
काठमाडौं महानगरपालिकाले माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको  कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको छ ।

प्रवक्ता मानन्धरले कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल भइरहेको र छलफल निकै सकारात्मक रहेकाले आगामी माघ १५ देखि वडा कार्यालयबाटै नागरिकले राष्ट्रिय परिचय प्राप्त गर्ने विश्वास कामपाले लिएको बताउनुभयो ।

यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण हुँदै आएको थियो ।

सरकाले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहु उपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031