बुधबार, बैशाख १२, २०८१

प्रतिनिधिसभाको सभामुखमा निर्वाचितभएसंगै घिमिरेले दिए राजीनामा

सभामुख घिमिरेले लिए सपथ

प्रतिनिधिसभाको सभामुखमा निर्वाचितभएसंगै नवनिर्वाचित सभामुख देवराज घिमिरेले नेकपा एमालेको सवै सदस्यताबाट राजीनामा दिएका छन् । आज अध्यक्ष केपी ओलीलाइ सभामुख घिमिरेले  प्रदेश १ इन्चार्ज तथा स्थाई कमिटी सदस्य लगायतका  पार्टीको सबै जिम्मेवारीबाट पदबाट राजीनामा दिएको जनाउ सहितको राजीनामा पत्र बुझाएको हो ।

सभामुख भएको व्यक्ति पार्टीको पदाधिकारी हुन नपाउने संवैधानिक व्यवस्था छ । सोही अनुरूप घिमिरेले प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गर्नुभएको छ।

त्यस्तै उनले जारी गरेको विज्ञप्तिमा “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु भनिएको छ ।

यसैवीच नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले रास्ट्रपति बिद्यादेवी भण्डारीबाट आज सपथ लिएका हुन्। शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको थियो ।