मङ्लबार, बैशाख २५, २०८१

यस्तो बन्यो नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

४ उपप्रधानमन्त्री सहित २० मन्त्री, ३ राज्यमन्त्री , २ मन्त्री अझै नियुक्त हुँन बाँकी

काठमाडौं माघ ३,
सोमवार साँझ बसेको सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।  गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदै ११ गते पद तथा गोपनियताको शपथ लिँनु भएका प्रम प्रचण्ढले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रम प्रचण्डले यसअघि पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

आज भएको मन्त्रीपरिषद विस्ताको क्रममा उहाँले सत्तासाझेदार दल नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी र नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएकहरुलाइ मन्त्रीपरिषद सदस्यमा नियुक्त गर्नभएको हो । यद्यपी वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैसंग राख्नुभएकोछ ।

 प्रम प्रचण्डले आजको मप विस्तारको क्रममा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाइ नियुक्त गर्नुभएको छ । लिङ्देनको नियुक्तिसंगै मौजुदा प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री कायमभएको छ। यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवी लामिछानेले जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

त्यस्तै नवगठित मन्त्रिपरिषदमा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ भने दामोदर भण्डारीलाइ उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राईलाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खानलाइ खानेपानी, डा विमला राई पौड्याललाइ परराष्ट्र, पदम गिरीलाइ स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरीलाइ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेतीलाइ रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाललाइ शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याललाइ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएकोछ ।

यस्तै, धुब्रबहादुर प्रधानलाइ कानून, न्याय तथा संसदीय मामिलामन्त्री सुशीला सिर्पालीलाइ संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्कीलाइ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दिपबहादुर सिंहलाइ ऊर्जा, जलस्रोत तथा सिँचाँइ राज्यमन्त्रीको जिम्मेवारी तोएिको छ।  नवनियुत्त मन्त्रिपरिषद सदस्यहरुको आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031