शनिबार, बैशाख १५, २०८१

पोखरा विमान दुर्घटनाः ४८ शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदै

काठमाडौं माघ ३,

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ ल्याइने भएको छ।

 विमान दुर्घटनाको क्रममा ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेको जानकारी दिदै नेपाल नागरिक उड्डयन प्राधिकरणले  ४८ जनाको शव NofpFg लागिएको जानकारी दिनुभएकोछ । त्यस्तै पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव परीक्षण पछि आफन्तलाई बुझाइने उहाँले जानकारीदिनुभयो ।

यसैवीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने ४८ मध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको जानकारीदिएको छ । त्यस्तै बाँकी २३ जनाको शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा रहेको जनाएको  छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौं ल्याइएका शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने जानकारी दिदै दुर्घटनाको क्रममा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि जारी रहेको समेत जानकारीदिनुभयो ।