शुक्रबार, चैत्र १६, २०८०

 माओवादी नेतृत्वको गठबन्धन सरकारको मन्त्रालय भागबन्डा टुङ्गियो , भोली सरकार विस्तार हुने, राष्ट्रपति र सभामुख एमालेलाइ

काठमाडौ माघ २,
आज साँझ बसेको सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद्को भागबन्डा सहितका विभिन्न विषयको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले टुङ्गो लगाएको भागबन्डा अनुरुप कुन पार्टीलाई कुन मन्त्रालय दिने हो सो विषयको समेत छिनोफानोसंगै भोलि विहान पार्टीको आन्तरिक छलफल पछि भोलीनै नयाँ मन्त्री नियुक्तिसंगै नयाँ मन्त्रीहरूको शपथसमेत हुनेभएको छ । बैठकपछि गठबन्धन सरकारका उपप्रधान तथा  गृहमन्त्री समेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेले कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको जानकारीदिनुभएको हो ।

यसैवीच सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठकको निर्णय अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री , एमालेले आठ मन्त्री र एक राज्यमन्त्री यस्तै, रास्वापाले उपप्रधान सहित तीन मन्त्री र एक राज्यमन्त्री राप्रपाले उपप्रधान सहित तीन मन्त्री र एक राज्यमन्त्री पाउँने सहमति गरेको जनाउँदै विश्वस्त स्रोतले राष्ट्रपति र सभामुख पनि एमालेलाइ दिने सहमति भएको जनाएको छ।