मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह

काठमाडौं पुस २६,
बुधवार मनाइने ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनितिक उतारचढावप्रति राजनिती प्रति निरपेक्ष रहनु राजसंस्थाको मौलिक विशैषता रहेको बताउनुभएको छ।

त्यस्तै उहाँले आफ्नो शुभकामना सन्देशमा राष्ट्र र राष्ट्रियता र जनहितप्रति सर्मिपत रहदै सदैव समन्यवकारी भूमिका निर्वाह गर्न शाहवंशीय राजस्था कहिले नचुकेको जनाउ सहित राष्ट्रिय अवधारणा ,अनुभूति र चासो चिन्ताका विषय सुन्न र बुझ्न सदैव तत्पर रहेको भन्दै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने बताउनुभएको छ।

त्यस्तै सन्देशमा वर्तमान अवस्थामा परनिर्भर र परावलम्बी हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुक आफ्नो बाहुबलमा आफ्नै मौलिक मान्यतामा अघि बढेस भन्ने सदिच्छा समेत व्यक्त गर्नुभएको छ। साथै सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन नसक्ने भन्दै उहाँले राज्य पद्धति र प्रणालीको पुनरावलोकन हुन आवश्यक रहेको जिकिर गर्नुभएको छ।

त्यसैगरि मुलुकमा एकता अखण्डता समाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको परिपेक्ष्यमा राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको सान्दर्भिकता थप बढेको बताउनुभएको छ।