बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ ५ मा

काठमाडौं पुस २६,
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट प्रचण्ड बहुमतसहितको विश्वासको मत प्राप्त गरेको घोषणासंगै बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसदको अर्को बैठक माघ ५ गतेबस्ने बैठकलाइ जानकारी गराउनुभएको छ।

त्यस्तै ज्येष्ठ सदस्य जबराले माघ ५ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचन हुने र संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।