शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्री प्रचण्डलाइ प्रतिनिधि सभाबाट प्रचण्ड बहुमतसहितको विश्वासको मत

काठमाडौं पुस २६,
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट प्रचण्ड बहुमतसहितको विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपस्थित २७० सदस्य मध्ये २६८ जनाले सदस्यको समर्थन प्राप्त गर्नुभएको हो ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रम प्रचण्डले आजको बैठकमा विश्वासको मतको अपिल गर्नुभएको हो । उहाँ पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त हुन भएको हो ।

प्रम प्रचण्डलाइ कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा , राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिदैगर्दा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

मतदानपछि बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डलाइ २६८ सदस्यको समर्थन सहित सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको हो ।