बिहिबार, बैशाख १३, २०८१

सहरी योजना आयोगका उपाध्यक्ष खड्कालाई पद तथा गोपनीयताको शपथ

 काठमाडौँ पुस २६
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेपाल सरकारको प्राविधिक सेवाबाट अवकास प्राप्त इञ्जिनियर खड्कालाइ सहरी योजना आयोग ऐन, २०७५ को व्यवस्था बमोजिम महानगरपालिकाको ११ औँ कार्यपालिका बैठकलले महानगरको सहरी योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

सन्तुलित बिकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोग गठन गर्न सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐन अन्र्तगत महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठनको अवधारण कार्यान्वयन हुँदै आएको छ ।

शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रवक्ता नविन मानन्धरसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।