सोमवार, बैशाख १७, २०८१

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाइ शर्तसहित विश्वासको मत दिने

काठमाडौं पुस २६,
पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आज बस्ने संसद बैठकमा प्रधानमन्त्री प्रचण्डलाइ शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको मङ्गलबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको हो ।

त्यस्तै नेकपा एसले राष्ट्रियता, सुशासन एवम् बिग्रदै गएको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान र यसको संवेदनशीलताको विषयमा संसदमा प्रतिपक्षीको रुपमा आवाज उठाउने निर्णय समेत गरेको पार्टी प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।