मङ्लबार, बैशाख २५, २०८१

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै शुरु गर्ने प्रम प्रचण्डको उद्घोष

आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक शुभारभ

काठमाडों पुस १७,
आजबाट शुरु भएको इस्वी संवतको सन् २०२३ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक शुभारभ गर्नुभएको छ।

विमानस्थलको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताउनुभएकोछ

चीनको एक्जिम बैङ्कको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा निर्मित विमानस्थल उद्घाटनको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको थियो।

पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन। ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँने विमानस्थल प्रशासनले जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031