शुक्रबार, बैशाख १४, २०८१

देशभर बढ्दो पश्चिमी वायुको प्रभाव : बाक्लो हुस्सु, अत्याधिक चिसोसंगै शीतलहरको सम्भावना

 काठमाडौं पुस १७ ,
पछिल्लो समय देशभर बढ्दो पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा समेत सिर्जित प्रतिकुल मौसम प्रति सर्तक रहन सम्वद्ध विज्ञहरुको आग्रह गरेका हो । त्यस्तै यसवीचमा घट्दो तापक्रमसंगै देशभर बाक्लो हुस्सुसंगै अत्याधिक चिसोसंगै शीतलहरको समेत सम्भावना रहेको जनाएको छ ।

यसवीचमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले समेत देशमा पश्चिमी न्यून चापीय प्रणालीको बढ्दो प्रभावका कारण पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै भूभागमा हुस्सु लागेको जनाएको छ ।

साथै महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै पुस १७ गते  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहे पनि प्रदेश नं १ को पहाडी भू-भागका एकाध स्थानमा वर्षाको सम्भावना संगै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना समेत औल्याएको छ ।

त्यस्तै पुस १८ गते प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ भने पुस १९ गते देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेपनि बाँकी समय भने प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।