मङ्लबार, बैशाख १८, २०८१

आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विशेष कार्यक्रमकावीच प्र.म. प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं पुस १६ ,
नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एक विशेष कार्यक्रमकावीच उद्घाटन गर्ने भएको छ। पोखरा महानगरपालिकाले पत्रकार सम्मेलन मार्फत सन २०२३ को शुभारम्भको अवसरमा विमानस्थलको उद्घाटन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको जनाएको हो ।

विमानस्थल निर्माणका लागि मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने सम्झौता रहेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको झाँकी समेत प्रदर्शन संगै विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने जानकारी दिइएको छ।