शनिबार, बैशाख १५, २०८१

कांग्रेस सत्ताबाट बाहिरिदैमा आत्तिन्न नहुनेमा कांग्रेस महामन्त्री शर्माको जोड

काठमाडौं पुस १६,
४७ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावअघिको कांग्रेस नेतृत्वको चुनावपछि भत्किएको समीकरणका विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने बताउनुभएको छ।

त्यस्तै महामन्त्री शर्माले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको घटनालाइ स्मरण गर्दै कांग्रेस सत्ताबाट बाहिरिदैमा आत्तिन्न नहुने बताउनभएकेछ ।

साथै उहाँले सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको रुपमा बुझ्न आवश्यक रहेको बताउदै अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताउनुभएको छ।